Skip to Content

तिम्रो शरीर , ऐना, बिग व्यङ्ग (bigbang) र म


किन छ तिम्रो शरीर 

 त्यति सुन्दर

यस्तो कि जति हेरुम 

 हेरिरहन मन लाग्ने

सायद भइदिएको भए 

म हावा 

मान्छेको सट्टा 

छुन्थे होला तिम्रो शरीरको 

त्यो उतार चढाव 

सायद भइदिएको भए म पानी 

छुन्थे होला तिम्रो शरीरको 

हरेक बिन्दुमा

प्रत्येकचोटि तिमी भिज्दा

या त भइदिएको भए म 

तिम्रो लुगा 

छोई बस्थे होला तिमीलाई हर हमेशा 

सायद म मेरो कामवासनाको 

अधीनमा रहेर 

भनिरहेछु केही कुराहरू 

तर त्यो काम भित्र पनि 

सायद प्रेम लुकेको छ अनन्तको 

सायद

सायद तिमीसँग जोडिनु नै 

पो हो कि 

मेरो मोक्षको मार्ग 

सायद पाउँदिन पनि 

होला मैले मोक्ष

यो जन्म अथवा अरू 

कुनै जन्ममा पनि

तर 

त्यो त्यो हावा

 त्यो पानी 

त्यो लुगा

कुनै बन्न नसके पनि 

भइदियोस् ब्रह्माण्डमा एउटा हलचल 

भइदियोस् वास्तविकता उथलपुथल 

भइदियोस् क्वान्टम स्ट्रिङहरूको 

तरङ्गमा परिवर्तन 

नयाँ रूप लिउन एटमहरूले

फेरि भइदियोस् बिग व्याङ्ग

फेरि फ्युज भइदियोस् 

हाइड्रोजन हिलियम 

कार्बन अक्सिजन 

ल सुरु गरु नयाँ जीवन 

र फेरि विकसित हुन मान्छेहरू 

विकसित होस् विज्ञान

पगालुन बालुवाहरू 

र बनाउन ऐना 

हो त्यही ऐनाहरूमा 

मलाई बनाइदिनु एक ऐना

र पुर्‍याइदियोस् तिम्रो घरमा उपहार भनेर 

ताकी दिनको एकपल्ट नै सही 

हेर्नेछौ तिमीले त्यता फर्केर 

र देख्नेछु मैले तिमीलाई 



त्यो तिमी जसलाई कसैले देखेको छैन























Sign in to leave a comment