तिमी र म बिना
न यो प्रकृति छ
न यो पृथ्वी छ
न यो ब्रह्माण्ड छ
न ईश्वर छ
न भक्ति छ
न प्रेम छ
न माया छ
तिमी र म नै हौं
यो सृष्टिको
रचयिता पनि
अन्तकर्ता पनि
तिमी र म नै हौँ
त्यो ईश्वर पनि
त्यो ब्रह्माण्ड पनि
अब देखाइदेउ मलाई
त्यो समय
जहाँ म थिइन
तिमी थिएनौ
मेरो कविता थिएन
यो रात थिएन
र
देखाउ
अब त्यो समय
जहाँ म हुन्न
तिमी हुँदैनौ
मेरो कविता हुँदैन
यो रात हुँदैन।