जो यो कविता लेखिरहेछ
त्यो म
जो यो कविता पढिरहेछ
त्यो तिमी
अनि
यो कविता जुन लेख्खिरहेछ
यी तिनमा फरक के छ
हामी तिनै हौँ
आखिर कसैको सृष्टि
या भनौँ कुनै सृष्टिको कारण
आखिर हामी नै हौँ कसैको रचना
या भनौँ हामीले नै गर्छौं रचना
आखिर यो समाजको
प्रेमको
ईश्वरको
ब्रह्माण्डको
रचयिता त
म
तिमी
र यो कविता नै त