Skip to Content

नारी

तिमी आमा कसैकी 

तिमी छोरी कसैकी 

तिमी बहिनी कसैकी 

तिमी प्रेमिका कसैकी 

तिमी श्रीमती कसैकी

तिमी बुहारी कसरी 

तिमी बिना 

अधुरो हुन्छ 

घर पनि संसार पनि 

भनिन्छ 

शिव पनि शव हुन् 

शक्ति बिना 

सृष्टिको सुरुवात तिमीबाटै 

आवश्यकताको आवास 

तिमीबाटै 


तर 

तिमीलाई नै रोकिरहेछन् 

धेरै ठाउँमा 

धेरै बहानामा 

धेरै आरोपमा 


तर


यो संसार  

यो समाज

यो घर 

यो भान्छा 

यी पुरुषहरू 

भन्दा 

धेरै पर छ तिम्रो जिन्दगी 

रोक्न सक्दैन कसैले 

अघि बढ्नै पर्ने छ तिमीले 

तोडेर 

यी रूढीवादी चलनहरू 

यी मनका जलनहरू 

यी सामाजिक दलनहरू 


र विचार गर्नुपर्छ तिमीले 

तिमीलाई 

आमा 

छोरी 

बहिनी 

प्रेमिका 

श्रीमती 

बुहारी

र 

देवी

जस्ता नाना थरी नाताले

सजाएको छ कि 

बाँधी राखेको छ।।

Sign in to leave a comment