Skip to Content

एक अर्को महाभारत

कहिलेसम्म हेरिरहने 

द्रौपदीहरूको बेइज्जत 

मेरो देशको दुर्गति 

धर्मको हानि 

राजनीतिको प्रपञ्च 

सत्यको हार 


अब सायद 

समय आइसक्यो 


शिव मेरो शिरमा 

कृष्ण मेरो अगाडि 

सायद चलाउनै पर्ने छ 

मैले 

यी धनुष बाणहरू 

गर्नैपर्ने छ हत्या

दुशासनको उदण्डताको 

दुर्योधनको घमण्डको 

भीष्म जस्ता पुरानो प्रथाहरूको 

द्रोणका ज्ञानहरूको 

कर्णको भ्रमहरूको 

सकुनीको खेलहरूको 


सुरु गर्नुपर्छ 

मेरै हातले विशाल युद्ध 

भइसक्यो पञ्चजन्यको

शङ्खनाथ 

बोलाइसके 

कुरुक्षेत्रले फेरि एकपल्ट 

सुरु गर्न 


क अर्को महाभारत

















Sign in to leave a comment