Skip to Content

देवी

सुरुवात तिमीबाटै 

अन्त्य तिमीमै 

तिमी जगत माता 

तिमी दुनियाको दाता 

दुष्टको संहारकर्ता तिमी 

भक्तको रक्षक तिमी 

जे छ तिमीमै छ। 

जे छैन तिमीमै छ

सबैभन्दा सुन्दर तिमी 

प्रिया तिमी 

मेरो आराध्य तिमी 

तर 

उत्र मेरो यो 

मानव रूपी 

नश्वर शरीरमा

अनि हेर मेरो आँखाबाट 

तिमीभन्दा सुन्दर 

तिमीभन्दा तेजवान 

अरु नै कोही छ 

जसको प्रेममा नभनौँ 

भक्तिमा 

हुनेछ मेरो 

मोक्षको प्राप्ति


















Sign in to leave a comment