Skip to Content

अर्को महाभारत

मन देवरथ भाको छ

कसैको कुराहरु, कसैको 

तिर हरु जस्ता यादहरु

बाट घोपिन तयार 


अमेरिकी जहाज भएको दिमाग 

विभिन्न बिचारका एट्म बम्ब 

नयाँ हीरोसिमामा 

खसाल्न हतार 


युद्ध मैदान भएको छ शरीर

योद्धा भएकाछन अङ्ग अङ्ग

फेरि उनै सम्झेर सायद 

मन शान्ति भएका छन भङ्ग 


जिते नि आफ्नै हारे नि आफ्नै

महाभारत भन्दा भयंकर हुने छ

न दुर्योधन बाकी हुन्छन न अर्जुन 

प्रलय रुपि शंकर हुने छ 


हो यस्तै प्रेम युद्धको तयारीमा छु

हुन त मलाई रहर छैन 

कुरा यति होकि यो सब उन्को लागि हो

उन्लाई यो कुराको खबर छैन

Sign in to leave a comment